नवलपरासी फागुन, १४–
नायक राजेश हमालले आफनो पुर्ख्यौली जग्गा घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई दान गरेका छन् । नायक हमालले ६० वर्षअघिदेखि नवलपरासीस्थित आफनो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका हुन् । उनले देवचुली नगरपालिका २ स्थित आफ्नो पुख्यौली थलोमा रहेका अति विपन्न परिवारलाई घरबासको लागि चार परिवारलाई आफनो नाममा रहेको जग्गा मालपोत कार्यालयवाट निःशुल्क पास गरिदिएका हुन् । हमालले आफ्नो हजुरआमाको समय देखि फलाम, कृषि तथा घरको काममा सहयोग गर्नेहरुलाई जग्गा प्रदान गरेका हुन् । भाई राकेश हमाल र सहयोगी सहित पुगेका हमालले तुल्सी कमिनीलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको वडाध्यक्ष माधव केसीले जानकारी दिए । ६० वर्षअघिदेखि राजेश हमालकी हजुरआमाले ति परिवारलाई आफनो घरमा काम गर्न राखेकी थिइन् । आफनो घरपरिवारको हेर्चाहमा संलग्न ती प्रिवारले हमालकै जग्गामा घर बनाएर आश्रय दिइएको थियो । महानायक हमालले पुर्खौदेखि सहयोग गर्दै आएका विपन्न परिवार घरवार विहिन भएको थाहा पाएपछि उनीहरुको बसोबासको लागि जग्गा प्रदान गरेको बताए ।
फाल्गुन १४, २०७५ मंगलबार
0
Shares