काठमाडौं फागुन, १४–
नेपाल चिकित्सक संघले सरकारी चिकित्सक संघ (गोदान)को आन्दोलनप्रति ऐकेवद्धता जनाएको छ । उसले गोदानको आन्दोलनलाई समर्थन जनाउन सबै चिकित्सकलाई आग्रह समेत गरेको छ।
गोदान सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध देशैभरिका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गरेर आन्दोलनमा उत्रिएको छ।
सरकार आफ्ना माग पूरा गर्ने सहमतिबाट पछि हटेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बुधबारदेखि सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएका छन् । त्यति मात्रै होईन सरकारले आफ्ना माग तत्काल पूरा नगरे सामूहिक राजीनामा दिने समेत उनीहरुले चेतावनी दिएका छन् ।