काठमाडौं फागुन, १५–
संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको छ। एयर डाइनेस्टिको
उक्त हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन भएको हो। गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराएका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
फाल्गुन १५, २०७५ बुधबार
प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार ८ : ३१ बजे








