काठमाडौं फागुन, १५–
पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा बिहिबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ । साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने भएको छ ।
१५ फाल्गुन २०७५, बुधबार
0
Shares