दक्षिण कोरियाली कम्पनी सामसुङले सार्वजनिक गरेको तथ्यांकअनुसार सामसुङले अहिलेसम्म २ अर्ब भन्दा धेरै गोटा ग्यालेक्सी स्मार्टफोन बिक्रि गरिसकेको छ ।
ग्यालेक्सी एस १० सिरिजको लञ्चिङ समारोहमा कम्पनीका प्रमुख कार्यकारी डि जे कोहले यसको जानकारी दिएका हुन ।
यद्यपि सामसुङले अहिलेसम्म बेचेका ती स्मार्टफोनमध्ये कुनकुन मोडेलका कति कति स्मार्टफोन छन् भन्ने उनले खुलाएनन् । यद्यपि बिक्रि भएका २ अर्ब फोनमध्ये अधिकांस ग्यालेक्सी एस र ग्यालेक्सी नोट फोन रहेकोमा कुनै आशंका छैन । त्यसका साथै ग्यालेक्सी ए, ग्यालेक्सी सी तथा ग्यालेक्सी जे जस्ता कतिपय मोडेल समेत विश्वका विभिन्न देशमा लोकप्रिय रहेका छन् । यी सबैलाई जोडेर बिक्रिको आँकडा २ अर्ब पार गरेको हो ।
यसैबीच बुधबार सामसुङले आफ्नो ग्यालेक्सी एस १० सिरिजका ३ वटा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । त्यसमा ग्यालेक्सी एस १०, ग्यालेक्सी एस १० ई र ग्यालेक्सी एस १० प्लस रहेका छन् ।
ग्यालेक्सी एस १० सिरिजका स्मार्टफोन लञ्च गरेसँगै सामसुङले आफ्नो पहिलो फोल्डेबल फोन पनि लञ्च गरेको छ । ग्यालेक्सी फोल्ड नामबाट लञ्च भएको यस फोनलाई सामसुङले आफ्नो विशेष स्मार्टफोनको रुपमा रहेको छ । यो फोल्डेबल फोनको फाइभ जी भेरिएन्ट पनि निकट भविष्यमै लञ्च गर्ने योजना सामसुङको छ ।
एजेन्सी