मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले भेटे दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको परिवारलाई



काठमाडौं फागुन, १६–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुष्पकमल दाहालले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई भेटेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले मन्त्री अधिकारीका परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन् ।
बिहिबार अध्यक्ष प्रचण्ड ललितपुर पुल्चोकमा रहेको मन्त्री निवास पुगेर मन्त्री अधिकारीका श्रीमती, बा–आमालाई भेटेर समवेदना व्यक्त गरेका हुन्।
अध्यक्ष दाहालले दुर्घटनामा परी निधन भएका व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहालका परिवारजनलाई भेटेर समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  ५ : ४० बजे