पार्टीको झण्डा आधा झुकाउने नेकपाको निर्णय



काठमाडौं फागुन, १६–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा आज पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
बिहीबार बसेको नेकपा सचिवालयको बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टीका सबै कार्यालयमा आज आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिनेछ भने २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम समेत गर्नेछ ।

नेकपाले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  ७ : ०६ बजे