प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित



काठमाडौं फागुन, १६–
आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बुधबार ताप्लेजुङ्मा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत ७ जनाको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सरकारले राष्ट्रिय शोकको घोषणा गरेका कारण बिहीबारका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको हो । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराइले प्रतिनिधि सभाको अर्को बैठक शुक्रवार दिउँसो ३ बजेलालाई बोलाइएको बताए । शुक्रबारको बैठकमा मन्त्री अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरिने छ ।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार  ७ : ३१ बजे