मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री अधिकारीसहित सातै जनाप्रति टुँडिखेलमा श्रद्धाञ्जली सुरु



काठमाडौं फागुन, १७–
गत बुधबार ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राखिएको छ ।
शुक्रबार श्रद्धाञ्जली दिन बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा राखिने भएको हो । श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको छ । मन्त्री अधिकारीको पार्थिव शरिरलाई काठको बाकसमा राखिएको छ ।

बिहीबार पोस्टमार्ट गर्न समय लागेका कारण दिउँसो ३ बजे गर्ने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज बिहानको लागि सारिएको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत पनि उपस्थित छन् ।

श्रद्धाञ्जलीपछि अन्त्यष्टिका लागि मृतकको शव आजै परिवारलाई बुझाउने बताइएको छ । भने मन्त्री अधिकारीको अन्त्येष्टिका लागि गृह जिल्ला कास्की लगिनेछ ।

बुधबार ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगा भन्ने स्थानमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ३ : २३ बजे