मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला पन्तको घरमा पुगे कांग्रेस सभापति देउवा, न्यायका लागि निरन्तर खबरदारी गर्ने प्रतिबद्धता



काठमाडौं फागुन, १७–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तका परिवारलाई भेटेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमै पुगेर देउवाले निर्मलाकी आमालाई भेटेका हुन् । सभापति देउवाले निर्मलाकी आमा दुर्गासँगको भेटमा न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता गरेका छन् । निर्मलालाई न्याय दिलाउने आफ्नो पनि दायित्व भएको देउवाको भनाइ थियो । सभापति देउवाले निर्मलाका आमासँग भने, ‘निर्मलालाई न्याय दिलाउनु हामी सबैको दायित्व हो । न्याय नपाउँन्जेलसम्म तपाईकै साथमा हुने छु ।’
कांग्रेस सभापति देउवाले निर्मलाको परिवारलाई न्याय दिलाउनु आफ्नो पार्टी निरन्तर खबरदारी गर्ने प्रतिबद्धता जनाएका छन् ।

साउन १० गते साथीको घरमा कापी लिन गएकी १३ वर्षीया निर्मला बेपत्ता भएकी थिइन् । उनको साउन ११ गते घरनजिकैको उखुबारीमा शव भेटिएको थियो । शव परिक्षणमा बलात्कारपछि हत्या गरिएको खुलेको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ६ : ५९ बजे