मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानले वायु सेनाका पाइलट भारतीय राजदूतावासमा बुझायो



काठमाडौं फागुन, १७–
पाकिस्तानले भारतीय वायु सेनाका पाइलट अभिनन्दन वर्तमान भारतलाई बुझाएको छ । शुक्रबार दिउसो पाकिस्तानको स्लामावादस्थित भारतीय राजदूतावासलाई बुझाएको हो ।

पाकिस्तान नियन्त्रित अजाद कस्मिर क्षेत्रमा बम खलास्न गएको भारतीय वायु सेनाको लडाकु जहाजलाई पाकिस्तानी सेनाले बुधबार खसालेको थियो । पाकिस्तानी क्षेत्रमा खसेको लडाकु जहाजका पाइलट अभिनन्दन वर्तमानलाई नियन्त्रणमा लिएको थियो ।

दुई दिन नियन्त्रणमा रहेका अभिनन्दनलाई आज भारतलाई बुझाएको हो । पाकिस्तानको संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले अभिनन्दनलाई रिहा गर्ने बताएका थिए ।

आज दिउसो भारतीय अधिकारीलाई बुझाएका अभनिन्दनलाई भारतको पञ्जाबस्थित बागा बोर्डरबाट भारत ल्याइन लागेको छ । उनी अपराह्न ३ बजे बागा बर्डर पार गरेर भारत प्रवेश गर्ने जनाएको छ ।

भारतीय अधिकारीहरु अभिनन्दनलाई स्वागत गर्न बागा बर्डर पुगेका छन् । सयौं सर्वसाधारण पनि बागा बर्डरमा भेला भएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ९ : १९ बजे