मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजकीय सम्मानका साथ भरतमोहनको अन्त्यष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं फागुन, १९–
सरकारले पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

शनिबार राति ८२ वर्षीय पूर्वमन्त्री अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ८ : १० बजे