मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलम्ची आयोजना भद्रगोल पार्ने सरकारले देशमा कहाँबाट पानीजहाज ल्याउँछ ?’कांग्रेस नेता प्रकाशमान सिंह



गोरखा फागुन, १९–
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई सपना मात्रै बाँडेको आरोप लगाएका छन् । शनिबार गोरखामा गण्डकी गाउँपालिकास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सिंहले प्रश्न गरे, ‘ सकिन लागेको मेलम्ची खानेपानी आयोजना भद्रगोल पार्ने सरकारले देशमा कहाँबाट पानीजहाज ल्याउँछ ?’ उनले सरकार हरेक क्षेत्रमा असफल भइसकेको प्रष्ट पारे ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले भने, ‘सरकारले रेल आउने, पानीजहाज आउनेजस्ता नेपाली जनतालाई सुन्नमा आनन्द आउने रमाइलो खालका कुरा गर्छ तर यथार्थमा खानलाई पानी छैन कहाँबाट यहाँ पानीजहाज आउँछ ?’

खानेपानी मन्त्रीले पार्टीको स्वार्थअनुसार काम गरेकोले मेलम्ची आयोजना पूरा हुन नसकेको उनको भनाइ थियो ।

‘मेलम्चीमा सरकारको असक्षमता देखियो। ठेकेदारको भागाभाग छ। मन्त्री सचिवको कुरा नमिल्दा आयोजना प्रभावित भएको छ,’ सिंहले भने ।

सरकारले धुलो र हिलोबाहेक केही दिन नसकेको सिंहले बताए । सरकार असफल भइसके पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उहाको भनाइ छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १० : ०० बजे