मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलकोटगढी नगरपालिकामा ३ वटा बैठकको भत्ता २ लाख ६८ हजार !



काठमाडौं फागुन, २०–
महालेखाले गरेको लेखापरिक्षण अनुसार नुवाकोटस्थित बेलकोट नगरपालिकामा वैठक भत्तामा वेथिती मौलाएको छ ।

वडा नम्बर १, १०, ११ र १३ का सचिव शुक्रकुमार श्रेष्ठले ४ महिनामा ३ वटा बैठक बसाले । र उनले ४ महिनाको बैठक भत्ता बापत १ लाख ९२ हजार र विविध खर्चबापत ७६ हजार ८ सय गरी २ लाख ६८ हजार ८ सय भुक्तानी लिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यस्तै वडा नम्बर ६ मा बालसंरक्षण कार्यक्रम अन्तर्गत ६ सय ६६ थान झोला ४ सय ५० रुपैयाँका दरले २ लाख ९९ हजार ७ सय र कपी ६ सय ६६ दर्जन प्रतिदर्जन २ सय ४० का दरले १ लाख ५९ हजार ८ सय ४० रुपैँयामा खरिद गरिएको छ । तर ति झोला र कापी बालबालिकालाइ वितरण गरेको छैन ।

गाउँ तथा नगरपालिकाका पदाधिकारीले कामको शिलशिलामा आफ्नो गाउँ तथा नगरपालिकाको क्षेत्र बाहिर गएर बास बस्नु परेमा भ्रमण खर्च पाउँछन् । गाउँपालिकाले पदाधिकारीको ३ दिनको भ्रमण भत्ता शीर्षकमा पैसा लिएका छन् । तर उनीहरूले भ्रमण गरेको स्थान गाउँपालिकाबाट जम्मा डेढ घण्टाको पैदल दुरीमा छ । यसरी गतबर्ष गाउँपालिकाले यस्ता भ्रमण तथा अनुगमन शीर्षकमा ३३ लाख ७१ हजार खर्च गरेको छ ।

गाउँपालिकाको केन्द्र रहेको वडाका वडा अध्यक्ष तथा वडा सचिवलाई अन्य वडामा र अन्य वडाका अध्यक्ष तथा सचिवले गाउँपालिकाको केन्द्रमा भ्रमण गरेको जनाइ भ्रमण खर्च भुक्तानी गरेको भेटिएको हो । भत्ताको दुरुपयोग जनप्रतिनिधीबाटमात्र होईन, कर्मचारीबाट पनि भएका छन् । वडा सचिव चुडामणी निरौला जिल्ला समन्वय समिति झापा सरुवा भइ जाँदा पारिवारीक भ्रमणबापत दुईतिरबाट २० हजार २ सय ४० लिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १ : ४८ बजे