मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिंहदरबारभित्रै वन तथा वातावरण मन्त्रालयलाई भवन अभाव



काठमाडौं फागुन, २०–
भवन अभावमा वन तथा वातावरण मन्त्रालय सिंहदरबारभित्रै तीन ठाउँबाट सञ्चालन भइरहेको छ । दुई महाशाखासहित १० शाखा कानुन र पर्यटन मन्त्रालयको भवनमा राखिएका छन् ।

संघमा २२ मन्त्रालय मात्रै राख्ने सरकारको निर्णयपछि तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालय खारेज गरी वातावरणलाई वन मन्त्रालयमा गाभिएको थियो । त्यसपछि मन्त्रालयमा ठाउँको अभाव भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एउटै मन्त्रालय तीन ठाउँबाट सञ्चालन हुँदा काममा ढिलाइ हुनुका साथै पानी पर्दा महत्वपूर्ण कागजपत्र पनि भिज्ने गरेको मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगानाले बताए ।

कानुन मन्त्रालय रहेको भवनमा सबैभन्दा माथिल्लो तलामा जलवायु परिवर्तन व्यवस्थापन महाशाखा र त्यसअन्तर्गतका पाँच शाखाहरू राखिएका छन् । महाशाखाअन्तर्गत जलवायु परिवर्तन शाखा, अनुकूलन शाखा, जलवायु प्राविधिक विकास शाखा, उत्सर्जन मापन शाखा र स्वच्छ संयन्त्र शाखा रहेका छन् ।

त्यस्तै, पर्यटन मन्त्रालयको भुइँतला र पहिलो तलामा वातावरण तथा जैविक विविधता महाशाखासहित पाँच शाखा राखिएका छन् ।

जहाँ १९ कर्मचारी कार्यरत छन् । महाशाखाअन्तर्गत वातावरण मापदण्ड तथा अनुगमन शाखा, वातावरणीय प्रभाव अध्ययन शाखा, आयोजना सहजीकरण शाखा, जैविक विविधता शाखा र वन जैविक प्रविधि शाखा रहेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  २ : ०१ बजे