मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आन्दोलनबाटै राजसंस्था सहितको हिन्दु राष्ट्र स्थापाना गर्छौः राप्रपा संयुक्त



विराटनगर फागुन, २१–
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापना गर्ने उदघोष् गरेका छन् ।
मंगलबार विरटनगरमा प्रदेशस्तरीय भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जवराले आन्दोलनबाटै राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापित गर्ने बताएका हुन् । उनले सबैलाई स्वीकार्य हुने राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्रलाई लिएर संविधानप्रति आफ्नो असहमति रहेको बताए । यद्यपि, अध्यक्ष राणाले त्यहि संविधानको अधिकार प्रयोग गर्दै आन्दोलन गर्ने बताए ।

उनले भने, ‘संविधानले दिएको अधिकार उपयोग गर्दै, पार्टीको संगठन सुढृद गरेपछि हामी आन्दोलन गर्छौ । जनताको सहयोगबाटै हाम्रा मान्यता स्थापित गर्छौं ।’

संविधानमा केही राम्रा पक्षहरु भएको राणाको भनाइ छ । अध्यक्ष राणाले भने, ‘संविधान संशोधन गर्ने अधिकार दिइएको छ । यो संविधानको राम्रो पक्ष हो । यही व्यवस्थालाई टेकेर हामी राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दु राष्ट्र स्थापना गर्छौं ।’ सोही पत्रकार सम्मेलनमा बोल्दै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संविधानले दिएको हक उपयोग गर्दा कसैले थुन्न खोज्छ भने आफूहरु तयार रहेको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ६ : ५१ बजे