मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमा बिरामी भएपछि तुरुन्त काठमाडौं फर्किदै पूर्वराजा ज्ञानेन्द्र



काठमाडौँ

पछिल्लो समय तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह भरत भ्रमणमा जाने खबरहरु सार्बजनिक भइरहदा उनि अचानक काठ्माण्डौ आउने भएका छन ।पूर्ववडामहारानी रत्न शाह बिरामी भएपछि तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह हतारिएर काठमाडौं आउन लागेका हुन ।

एक सातादेखि खोकीले सताएपछि पूर्ववडामहारानी रत्न शाह मंगलबार बेलुकी नर्भिक अस्पताल भर्ना भएकी थिइन् ।

उनको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकलाई उधृत गर्दै पूर्वराजपरिवारले जनाएको छ ।

जनकपुरमा रहेर वरिपरिका जिल्लाका शुभचिन्तकहरु सग समेत भेट्घाटमा रहेका पूर्वराजा ज्ञानेन्द्र आजै काठ्माण्डौ आउन लागेका छन ।

उनको जनकपुर यात्रा कार्यक्रम पछि तय गरिने बताइएको छ । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र देश दैडाहामा छन र उनको भ्रमणमा जनताको चासो र उत्साह बढेको देखिएको छ ।

त्यस्तै पूर्वराजा भारत जाने चर्चा पनि छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ६ : ०४ बजे