मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेशम चौधरीको मुद्दाको फैसला आज हुने सम्भावना



काठमाडौं फागुन, २२–
आज टीकापुर घटनासम्बन्धी मुद्दाको फैसलाको तयारी गरिएको छ । बुधबार फैसलाको तयारी गरिएको कैलाली जिल्ला अदालत स्रोतले जनाएको छ ।

मंगलबार दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस सकिएकाले बुधबार फैसला हुने सम्भावना छ ।
उक्त घटनामा संलग्न रहेको अभियोगमा सांसद रेशमलाल चौधरीसहित २६ जना पुर्पक्षका लागि हाल कारागारमा छन् । यो फैसलाले उनीहरुको जेल चलान वा सफाइ भन्ने निर्धारण गर्ने छ ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु आन्दोलनका क्रममा प्रहरीका एसपीसहित ९ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ६ : ४१ बजे