उत्तर कोरियाले फेरी शुरु गर्‍यो मिसाइल प्रक्षेपणस्थलको पुनर्निर्माण



एजेन्सि-

अमेरिका र उत्तर कोरियाबीच भियतनाममा भएको शिखर वार्ता विना कुनै निष्कर्ष सकिएको दुई दिनपछि उत्तर कोरियाले यस अघी नष्ट गरेको आफ्नो रकेट प्रक्षेपणस्थलको पुनर्निर्माण शुरु गरेको दक्षिण कोरियाली समाचार संस्था हरुले जनाएका छन । अमेरिका र उत्तर कोरियाबीच बार्ता शुरु भयसगै कोरियाली प्रायदिपमा गरिएको शान्तिको आशा माथी फेरी प्रश्न उठेको छ ।

स्याटेलाइटबाट देखिएको तस्वीरअनुसार  उत्तर कोरिया अमेरिकासँगको सम्बन्ध सुधारसँगै उत्तर कोरियाले  ध्वस्त पारेको  आफ्नो रकेट प्रक्षेपणस्थल पुनर्निर्माणको लागि जुटेको देखिएको छ । विश्लेषकहरुले बताएअनुसार उत्तर कोरियाले यसअघि ध्वस्त पारेको दाबी गरेको प्रक्षेपणस्थल पुनर्निर्माणको तयारी भइरहेको हो ।

दक्षिण कोरियाको गुप्तचर संस्थाले  स्याटेलाइट प्रमाण सार्वजनिक गरेको हो ।

अमेरिकाले पनि उत्तर कोरियालाई निशस्त्रीकरणका लागि कुनै कदम नचालेको खण्डमा थप प्रतिबन्ध लाग्नसक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ९ : ०४ बजे