मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रीकै आडमा मालपोतका हाकिमद्वारा कमिसनको खेल



काठमाडौं फागुन, २३–
भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले कार्यालय अनुगमन गर्दै आएकी छन् । उनले अनुगमनका क्रममा चावहिल मालपोत कार्यालय अर्कै भवनमा सार्न निर्देशन दिएको समाचार सार्वजनिक भयो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

मन्त्रीले सेवाग्राहीलाई छिटोछरितो सेवा दिए नदिएकोबारेमा चासो राख्नु स्वभाविक भए पनि कार्यालय भवन सार्न निर्देशन दिएको बिषयले चावहिल मालपोत कार्यालयका कामु कार्यालय प्रमुख पदम अर्याललाई ‘के खोज्छस् ‘ आँखो’ भएको छ ।

मन्त्री अर्यालले चावहिल मालपोत कार्यालय आफ्नै भवनमा सार्न निर्देशन दिएको भए त्यसलाई स्वभाविक मान्न सकिन्थ्यो । तर अर्को भाडाको घर खोजेर सार्न निर्देशन दिएपछि कार्यालय प्रमुख पदम अर्याल अहिले धुईपत्ताल भवनको खोजीमा जुटेका छन् । नयाँ कार्यालयका लागि भवन खोज्ने क्रममा उनीहरुले कमिसनको मोलमोलाई गर्दै आएका छन् ।

कार्यालय प्रमुख पदम अर्याल र खरिदार लक्ष्मण बस्नेत अहिले मालपोत कार्यालयका लागि भवनको खोजीमा जुटेका छन् । उनीहरुले ५० प्रतिशत कमिसन दिने घर खोजी गर्दै आएका छन् । भूकम्पभन्दा अघि नै मालपोत कार्यालय चावहिलको गंगाहिटीको घर भत्किएपछि हालको भवनमा सारिएको थियो । गंगाहिटीमै मालपोत कार्यालयको भवन छ ।

तर, मन्त्री अर्यालले आफ्नो भवनमा मालपोत सार्नका लागि निर्देशन दिनुपर्नेमा भाडाको घर खोज्नू भनेपछि कामु कार्यालय प्रमुख पदम अर्याललाई कमिसन खान सहज भएको हो ।

उनी मन्त्रीको नाम लिंदै भवन भाडामा कमिसनको बार्गेनिङ गरिरहेका छन् । मालपोत कार्यालय आफ्नै भवनमा सार्दा मासिक रुपमा २ लाख रुपैयाँ सरकारी कोषको रकम बचत हुन्छ ।

तर, मन्त्रीले नै आफ्नो भवनमा कार्यालय नसारी भाडामा सार्नू भनेपछि कार्यालय प्रमुख पदम अर्यालको कमिसन खाने बाटो खुल्ला भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  २ : ३७ बजे