काठमाडौं फागुन, २४–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति असन्तुष्टि जनाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पार्टी अध्यक्ष ओलीले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम बढ्ननसकेको दाबी गरेका हुन् ।
पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच कुनै समस्या नभए पनि पार्टीलाई विधि र प्रक्रिया अनुसार अघि बढाउन नचाहाँदा पार्टीको सांगठानिक एकीकरणको काममा ढिलाई नेता नेपालको भनाइ छ । शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिएकोमा पनि आपत्ति जनाए ।
वरिष्ठ नेता नेपालले आफूले अनेकौ पटक भन्दा पनि पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिनु बिडम्बनापूर्ण भएको बताए ।
ठूलो पार्टी चलाउन विधि र प्रक्रिया चाहिने भए पनि पार्टी नेतृत्वले ‘एस म्यान’को खोजी गर्दा संगठन एकीकरणको काम अझै टुंगो लगाउन नसकिएको उनको भनाइ छ ।