महेन्द्रनगर –
राप्रपाका अध्यक्ष कमल थापाले सरकार र सिके राउतबीच भएको सम्झौता प्रती आपत्ती जनाएका छन । ‘यो भयानक सम्झौता हो’ शनिबार महेन्द्रनगर पुगेर राप्रपा अध्यक्ष थापाले भनेका छन । मिडिया नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै यो सम्झौता रहस्यमय रहेको र यसमा प्रयोग गरिएका शब्दबारे सरकारले स्पष्ट धारणा राख्नु पर्ने बताए ।
विखण्डनको पक्षमा गरिएको कुनैपनि सम्झौता राप्रपालाई मान्य नहुने भन्दै उनले सरकारसँग यसबारे स्पष्ट प्रष्ट धारणा माग समेत गरेका छन् । उनले यदि सरकारले यसबारे नप्रष्ट्याए विविध संघर्षका कार्यक्रमहरु अघि बढाउने चेतावनी समेत दिएका छन् ।
उनको पार्टी राप्रपाले फागुन ७ गते सरकारलाई हिन्दुराष्ट्र पुनस्स्थापनासहित विभिन्न २२ बुँदे मागहरु बुझाएको थियो भने आगामी चैत महिनादेखि हिन्दू राष्ट्रको माग सहित संघर्षमा जाने निर्णय पनि पार्टीले गरिसकेको छ ।