भारतमा लोकसभा निर्वाचन घोषणा , ११ अप्रिलदेखि १९ मेसम्म सात चरणमा चुनाब हुने



आगामी  ११ अप्रिलदेखि १९ मेसम्म भारतीय लोकसभा निर्वाचन हुने  त्यहाँको  निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा भाग लिने पार्टीहरूले आफ्नो उम्मेदवारी दर्ता गराउनु पर्नेछ।

लोकसभा निर्वाचनको मत परिणाम भने २३ मेदेखि सुरु हुनेछ भने निर्वाचन आयोगले आजैदेखि निर्वाचन क्षेत्रहरूमा आचारसंहिता लागू भएको घोषणासमेत गरेको छ।

  निर्वाचनमा  ९० करोड मतदाताले भोट हाल्ने छन्।

१८ देखि १९ वर्षका डेढ करोड नयाँ मतदाताले यो निर्वाचनमा भाग लिने आयोगको अनुमान छ।

मुख्य निर्वाचन आयुक्तकाअनुसार ८ करोड ४३ लाख नयाँ मतदाताले यस निर्वाचनबाट आफ्नो मताधिकारको प्रयोग गर्नेछन्।

१० लाख मतदान स्थलमा भोटिङ हुनेछ। २०१४ मार्च ५मा भएको मतदान ९ चरणमा भएको थियो। अप्रिल ७ मा सुरु भएको चुनाव १२ मईमा सकिएको थियो। १६ मईमा नतिजा घोषणा गरिएको थियो।

जसमा भारतीय जनता पार्टीले बहुमत ल्याएको थियो। भाजपाले २ सय ८२ सिटमा जित हात पार्दै सरकार निर्माण गरेको थियो।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १ : ३१ बजे