काठ्माण्डौ-
यतिबेला नेपाली कांग्रेसका शिर्ष नेताहरु जिल्ला दौडाहामा ब्यस्त हुन थालेका छन । पार्टी प्रतिपक्षमा रहदा सङ्गठन निर्माण गर्नु पर्ने दायित्व र आगामी महाधिबेशनलाई मध्यनजर गर्दै नेताहरु जिल्ला दौडाहामा निस्केका हुन ।
यसै बिच नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइरालाले ५ नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम तय गरेका छन्। कोइरालाले ५ नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम सकिने बित्तिकै फेरी अर्को भ्रमणको तयारी गर्ने कोइरालाका निजी सचिब एबम कांग्रेस महासमिति सदस्य भरत तिवारिले न्यू सञ्चारलाई बताए ।
स्वच्छ छबी र पार्टी भित्र कम बिबादमा आउने कोइराला पार्टिका नेता कार्यकर्ताहरु बिचमा लोकप्रिय मानिन्छन । उपयुक्त समयमा घोषणा गरेर आगामी महाधिबेशनमा नेपाली कांग्रेसको शभापती लड्ने तयारी कोइरालाले गरिरहेको र त्यसकालागी पार्टिका सबै नेता कार्यकर्तासग सल्लाह गरेर अब तिब्र रुपले तयारी थाल्ने कोइराला निकट श्रोतले जनाएको छ । यसैलाई मध्यनजर गरेर कोइरालाले समय समयमा देशब्यापी भ्रमण गर्ने गरेका छन ।
महामन्त्री कोइरालाको जिल्ला भ्रमण चैत्र ११ गतेबाट सुरु हुनेछ। कोइराला दाङमा जिपी कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी हुनका लागि चैत्र ११ गते दाङ जानेछन्।
उनले १२ गते दाङमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका निजि सचिव एवम् कांग्रेस महासमिति सदस्य भरत तिवारीले जानकारी दिए।
महामन्त्री कोइराला दाङपछि नेपालगञ्ज जाने कार्यक्रम रहेको छ।नेपालगञ्जमा कोइरालाले चैत्र १३ गते नेपालगञ्जमा जिल्ला कार्यसमिति बाँकेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
महामन्त्री कोइरालाले नेपालगञ्जबाट कपिलवस्तुमा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नका लागि चैत्र १४ गते कपिलबस्तु पुग्नुेछन्।
उनी कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेर रुपन्देहीको बुटवलमा बास बस्ने वा कपिलवस्तु बस्ने भने तय भइसकेको छैन्। त्यसैगरी कोइराला चैत्र १५ गते पाल्पा पुग्ने कार्यक्रम तय भएको छ।
उनले पाल्पामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्।
१५ गते पाल्पा नै बसेर कोइराला चैत्र १६ गते गुल्मीका लागि प्रस्थान गर्नेछन्।
उनी १५ गते गुल्मी बस्नेछन् भने चैत्र १७ गते नेपाली कांग्रेसको गुल्मी जिल्ला सम्मेलनमा सहभागी भएर काठमाडौं फर्कने कार्यक्रम रहेको छ।