मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरियन भाषा परीक्षाका लागि आवेदन दिने मिति चैत ८ गतेदेखि १७ गतेसम्म



काठमाडौं फागुन, २८–
चैत ८ गतेदेखि कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला हुने भएको छ । ईपीएस कोरिया शाखाका अनुसार सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको जनाएको छ ।
शाखाले सूचना निकालेर आउँदो चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने मिति तय गरेको हो । परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुने पनि ईपीएसले जनाएको छ । काठमाडौं र पोखरामा परीक्षा सञ्चालन हुने भए पनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपीएस शाखाले जनाएको छ । कोरियाले सन् २०१९ मा नेपालबाट १० हजार ५० जना कामदार लैजाने भएको छ ।

परीक्षा शुल्क २४ डलर तोकिएको छ । आवेदन दर्ता गर्नका लागि भयभचक।भउकलभउब।िनयख।लउ मा गई अनलाइन फारम भर्नुपर्नेछ ।

फारम भर्नका लागि राहदानीको फोटो भएको पेजको रंगीन स्क्यान गरी जेपिजी इमेज फाइल बनाइ अपलोड गर्नुपर्नेछ । आवेदनमा अनिवार्य रुपमा इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । फारममा तीन महिना यताको फोटो अपलोड गर्नुपर्नेछ ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ५ : ०६ बजे