मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीके राउतलाई तत्काल कारबाही गरः कमल थापा



रुपन्देही फागुन, २८–
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउतले विखण्डनको नारा लगाउदा पनि कारबाही गर्न नसक्नु सरकारको लाचारी भएको बताएका छन् । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सीके राउतलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

उनले सीके राउतसँग भएको ११ बुदे सम्झौता विरोधाभाषपूर्ण, रहस्यमयी र अमूर्त रहेको दाबी समेत गरे । सीके राउत सामाजिक सञ्जालमा प्रचार गर्ने विषय र जनकपुरको प्रदर्शनले सम्झौता रहस्यमयी भएको पुष्टि भएको उनको भनाइ छ ।

अध्यक्ष थापाले वाइडबडी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षी दुबैको संलग्नता रहेको प्रष्ट पारे । उनले वाइडबडी जहाज प्रकरणमा कांग्रेसको मौनता ले नै उसको संलग्नता पुष्टि भएको जिकिर गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ६ : ४५ बजे