देशभरका स्थानीय तहमा स्थानीय तहमा करिब हजार पद रिक्त



काठमाडौं फागुन, २९–
देशभरका ७५३ स्थानीय तहमा ९३९ जनप्रतिनिधिको पद रिक्त छ । १७५ वडामा दलित सदस्य पदमा उम्मेदवारी नै नपरेकाले सिट खाली छन् । यस्तै, कोही जनप्रतिनिधिको निधन भएको र कोही जिल्ला समन्वय समितिमा निर्वाचन भएपछि स्थानीय तहमा धेरै पद खाली भएको हो ।

निर्वाचन आयोगका अनुसार कुनै तहमा प्रमुखदेखि कुनैमा सदस्यसम्म जनप्रतिनिधि छैनन् । कुल तीन तहका प्रमुत, २६ वडाध्याक्ष, ८६१ वडा सदस्य, ३९ कार्यपालिका सदस्यको पद खाली रहेको आयोगले जनाएको छ । ०७४ को वैशाख, असार, र असोजमा तीन चरणमा भएको स्थानीय तह निर्वाचनमा ३५ हजार जनप्रतिनिधि निर्वाचित भएको थिए । यो समाचार आजको नयाँ पत्रिकामा छ  ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १ : ०४ बजे