मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व राजा ज्ञानेन्द्र मध्य तराईको भ्रमणमा निस्किदैँ, आज जनकपुरधाम जाँदै



काठमाडौं फागुन, २९–
पूर्वराजा ज्ञानेन्द्र शाहले मध्य तराईको भ्रमण थाल्ने भएका छन् । मध्य तराईका विभिन्न धार्मिकस्थलमा पूजा अर्चनाका लागि पूर्वराजा शाह बुधबार जनकपुरधाम जाने भएका हुन् ।
उनी साँझ ६ बजेभित्र जनकपुरधाम पुग्ने कार्यक्रम तय गरिएको पूर्वराजा निकट स्रोतले जनाएका छन् ।
उनी जनकपुरधामस्थित होटेल सीताशरणमा रात्री विश्राम गर्ने कार्यक्रम तय गरिएको छ ।
उनले बिहिबार बिहानै सर्लाहीको मलंगवामा रहेको दुर्गा मन्दिरमा पूजा अर्चना गने कार्यक्रम रहेको छ।

चैत १ गते ज्ञानेन्द्र शाहले जानकी मन्दिरमा पूजापाठ गर्नेछन् भने चैत २ गते उदयपुरको गाईघाटमा राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ।
चैत ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गरी झापा पुग्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ९ : ४४ बजे