मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिबन्ध लगाएकोमा सरकारविरुद्ध विप्लवको आक्रोश



काठमाडौं फागुन, ३०–
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारले प्रतिबन्ध लगाएकोमा आक्रोश व्यक्त गरेको छ । उसले क्रान्तिका लागि चन्दा उठाउनु पार्टीको अधिकार भएको समेत प्रष्ट पारेको । सरकारले प्रतिबन्ध लगाएपछि पार्टीका महासचिव विप्लवले २८ फागुनमा विज्ञप्ति जारी गरेर उक्त कुरा बताएका हुन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, सरकारले प्रतिबन्ध लगाउनु हास्यास्पद भएको भन्दै ‘ओली–बादल’ सत्तासँग नझुक्ने पार्टी कुनै पनि हालतमा झुक्ने छैन ।
विज्ञप्तिमा लेखिएको छ, ,‘हामीमाथिको कारबाहीको कारण प्रधानमन्त्री केपी ओलीले चन्दामा जोड्नु भनेको भ्रष्ट अनुहारलाई चोप्ने तुच्छ र उदाङ्गो खेल हो । हामी कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं ।’

सरकारसँग एकरती पनि नझुक्ने उल्लेख गरिएको विज्ञप्तिमा भनिएको छ,‘केपी ओली प्रचण्डलगायतको गद्दारीले क्रान्तिमा लाग्नैपर्ने बाध्यता आइलाग्यो । दमन भए त्यसको कडा प्रतिवाद गरिन्छ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ५ : ०६ बजे