मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव समूह देख्दा दया माया लाग्छः प्रचण्ड



काठमाडौं फागुन, ३०–
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहले पहिलो नम्बरमा मार्नुपर्छ भनेर आफ्नो नाम माइन्यूट गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले विप्लव समूहले प्रचण्डलाई एक नम्बरमा मार्नुपर्छ भनेर माइन्यूट गरेको सूचना सरकाबरबाट पाएको जानकारी गराए । उनले भने, ‘मलाई आज विहान पनि सरकारको तर्फबाट जानकारी गराइयो, प्रचण्डलाई एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरुले माइन्यूट गर्नु भएको छ रे । टिम पनि खटाउनु भएको छ रे सुनाउनुभयो ।’

बिहिबार सरकारले नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि पहिलो पटक विप्लवबारे बोलेका प्रचण्डले प्रतिबन्धबारे भने केही बोलेनन् । उनले विप्लव समूहका नेता देख्दा दया लाग्ने गरेको पनि बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘मलाई मारेर यो परिर्वतन बच्ने हो त ? मलाई ती साथीहरुप्रति साँच्चै माया पनि लागेको छ, दया पनि लागेको छ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ९ : ४५ बजे