मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आउट सोर्सिर्ङ भिसा रद्द गर्दै मलेसिया, हजारौं नेपाली कामदार प्रभावित हुँदै



काठमाडौं चैत, २–
वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियाले आउटसोर्सिङ भिसा (एक कम्पनीको नाममा भिसा लिई अर्कै वा तेश्रो कम्पनीमा काम गर्न पाउने सुविधासहितको अनुमति) रद्द गर्ने भएको छ ।

उसले अब यही मार्च महिनापछि उक्त भिसासम्बन्धी प्रावधान हटाउन लागेको हो । उक्त म्याद सकिन अब दुईसातामात्र बाकी छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

एक कम्पनीमा कामदार भर्ना गरि अर्को कम्पनीमा काम लगाउादा कामदार ठगिने र अप्ठ्यारोमा पर्ने गरेको ठम्याई अधिकारीहरुको छ । उक्त निर्णय लागू भएमा हजारौं नेपालीले जागिर गुमाउने र स्वदेश र्फकनुपर्ने अवस्था सृजना हुनेछ । नेपालीसहित अन्य विदेशी कामदार पनि प्रभावित हुनेछन् ।

त्यस्ता कम्पनीले कामदार कार्यरत कम्पनीसाग बढी रकम लिएर कामदारलाई न्यून पारिश्रमिक तिर्ने गरेकाले कामदारको श्रम शोषण हुने गरेको, मानव बेचविखन लगायत समस्या बढेको भन्दै उक्त भिसासम्बन्धी व्यवस्था हटाउन लागेको जनाइएको छ ।

मलेसियाली अधिकारीहरुका अनुसार हाल करिब १ सयभन्दा बढी आउटसोर्सिङ कम्पनीहरु क्रियाशील छन् र ती कम्पनी अन्तर्गत करिब २६ हजार विदेशी कामदार कार्यरत रहेको बताइन्छ । तीमध्ये हजारौं नेपाली कामदार रहेको अनुमान छ ।

ती कम्पनीहरुले श्रमिक स्रोत मुलुकहरुबाट आफ्नो कम्पनी अन्तर्गत भिसामा कामदार आपूर्ति गरि ती कामदारहरुलाई तेश्रो पक्ष वा कम्पनीहरुमा काममा लगाउने गरेका छन् ।

आफूसाग भएका त्यस्ता कामदारको सुरक्षित व्यवस्थापन गर्न सरकारले आउटसोर्सिङ कम्पनीहरुलाई करिब ५ महिनाको अवधि दिएको थियो । यस्तो भिसाको म्याद यही मार्च ३१ सम्ममात्र रहनेछ ।

सरकारले त्यस्ता कामदारलाई उक्त मितिभित्रै स्वदेश र्फकन वा आफूले काम गर्ने कम्पनीको सम्पर्कमा भिसा परिवर्तन गर्न(गराउन अनुरोध पनि गरेको छ । उक्त मितिभित्र भिसा परिवर्तन नगरेमा र स्वदेश नफर्केमा अप्रिल १ देखि नै अध्यागमन विभागले भिसा रद्द गरिदिने र उनीहरुमाथि कानुनी कारवाही हुनसक्ने बताइएको छ ।

ती कामदार स्वदेश र्फकंदा अध्यागमन विभागमा चेक आउट मेमो (स्वदेश फिर्ती हुनुअघि लिनुपर्ने अनुमतिपत्र) लिनुपर्ने कानुनी प्रावधान छ । उक्त अनुमति नलिई र्फकने कामदार पुनः मलेसिया जान पाउने छैनन् ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  १ : ०२ बजे