एजेन्सि-
उत्तर कोरिया र अमेरिकाको वार्ता बन्द हुने स्थितिमा पुगेको बताइएको छ । कोरायाली स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार उत्तर कोरियाका विदेश उपमन्त्री चो सुन–हुइले विदेशी अधिकारीहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनाममा भएको सम्मेलनको सुनौलो अवसर गुमाएको बताएका हुन् ।
चो ले गत फेब्रुअरीमा अमेरिकाले दादागिरी देखाउन खोजेको आरोप लगाए । ट्रम्प र किम पहिलोपटक गत वर्ष सिंगापुरमा भेटेका थिए । उत्तर कोरियाले यसअघि नै आफ्नो परमाणु स्थल नष्ट गरेको प्रमाण पेश गरिसकेको छ । तर, उत्तर कोरियाको सबै परमाणु स्थल नष्ट गर्न उसमाथिको सबै प्रतिबन्ध हटाउन अस्वीकार गरेसँगै भियतनामको वार्ता विफल भएको थियो ।
यस सगै उत्तर कोरियाले आफ्नो आणबिक कार्यक्रम पुन शुरु गर्ने ठानिएको छ ।