मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मह जोडी अभिनित चलचित्र‘दालभात तरकारी’को टाइटल गीत ‘दालभात तरकारी’ सार्वजनिक (भिडियो सहित्)



बैशाख १३ गतेबाट देशव्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘दालभात तरकारी’को टाइटल गीत ‘दालभात तरकारी’ सार्वजनिक भएको छ । निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा हरिवंश आचार्य, नीरुता सिंह,आचल शर्मा र पुष्प खड्का निकै रमाई रहेको देखिएको छ ।

गीतमा राजेश पायल राई र स्मिता दाहालको स्वर, हरिवंशकै शब्द, शम्भुजित बास्कोटाले संगीत रहेको छ ।

किरण केसीको प्रस्तुतिमा मह संचारको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्ने भएका छन् । उनको यो डेब्यु निर्देशन हो ।

‘शत्रु गते’ कै सम्पूर्ण टिम रहने फिल्म ‘दाल भात तरकारी’ मा पनि मल्टिस्टारर कलाकारहरुको बाहुल्यता छ । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आचल शर्मा , वर्षा राउत, बसुन्धारा भुषाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहनेछ ।

भिडियो हेर्नुहोस-

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  १० : २८ बजे