कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई पितृसोक, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त



काठमाडौं चैत, २–
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई पितृसोक परेको छ । श्रेष्ठका ९९ वर्षीय पिता पुण्यप्रसाद श्रेष्ठको शनिबार दिउँसो ३ बजे उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको हो । वि.सं. २००७ सालदेखि नै नेपाली कांग्रेसमा सक्रिय रहेका स्वर्गीय श्रेष्ठ वि.सं. २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराईलाई विजयी गराउन गोरखाको उत्तरी क्षेत्रमा सक्रिय रहेका थिए । स्वर्गीय श्रेष्ठ नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय रुपले सहभागी रहँदै आएका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुण्यप्रसाद श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले उनको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ र पार्टीले एक प्रेरणादायी व्यक्तित्वलाई गुमाएको बताए । सभापति देउवाले उनको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

स्वर्गीय श्रेष्ठको आजै ५ः३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गर्नुको साथै आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ सहित सबै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट समेत प्रकट गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  २ : ०७ बजे