मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्नी उपचाका लागि आज साँझ अमेरिका जाँदै प्रचण्ड



काठमाडौं चैत, ३–
पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका जाँदैछन् । प्रचण्डको सचिवालयले जनाए अनुसार उनी आइतबार साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । चिकित्सकले सीता दाहाललाई पार्किन्सन भएको बताएका छन् । जसको उपचारका लागि उनलाई यसअघि भारत र सिंगापुरका अस्पताल लगिएको थियो । त्यहाँ उपचार गर्दा पनि निको नभएपछि अमेरिका लान लागिएको हो । गत असोजमा सीताको उपचार सिंगापुरमा भएको थियो । उनी सुगर र उच्च रक्तचापबाट पनि पीडित छन् ।
प्रचण्डका साथमा छोरीज्वाइँ गंगा दाहाल र जीवन आचार्य पनि अमेरिका जाने जनाईएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ३९ बजे