काठमाडौं चैत, ३–
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध संविधान विपरित भएको बताएका छन् । नेता पौडेलले आइतबार ट्वीटमार्फत उक्त कुरा जनाएका हुन् ।
उनले गैरकानूनी ठहरीएमा व्यक्तिका गतिविधिमाथि प्रतिवन्ध लगाउन सकिने तर दलमाथि प्रतिवन्ध लगाउनु संविधान विपरित भएको उल्लेख गरेका हुन् ।
नेता पौडेलले ट्वीटमा लेखेका छन्, ‘गैरकानुनी ठहरीएमा व्यक्तिका गतिविधिहरुलाई प्रतिवन्ध लगाउन सकिन्छ तर दल माथि नै प्रतिवन्ध लगाउनु संविधान विपरित हो ।’
सरकारले गत साताको मन्त्रिपरिषद् बैठकबाट विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।