मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्नी सीता दाहाललाई लिएर अमेरिका उडे प्रचण्ड



काठमाडौं चैत, ३–
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् । आइतबार साँझ ५ बजे कान्छी छोरी गंगा दाहाल आचार्य र ज्वाइँ जीवन आचार्यका साथ प्रचण्ड दम्पत्ति अमेरिका प्रस्थान गरेका हुन् ।

प्रचण्डकी पत्नी सीता दाहाललाई पार्किन्सन भन्ने रोग लागेको छ । यसअघि पनि सीता दाहालको बैंकक, सिंगापुर, भारत लगायतका विभिन्न देशमा धेरै पटक उपचार भैसकेको छ ।
प्रचण्डले धेरै उपचार गर्दा पनि उनको रोग निको हुन नसकेपछि उपचारका लागि अमेरिका जान लागेको बताए । सीता दाहाललाई सुगर र उच्च रक्तचाप पनि रहेको छ । गत साल छोरा प्रकाशको निधनसँगै सीता दाहाल कमजोर भएकी छिन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १ : १३ बजे