काठ्माण्डौ-
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय उपयुक्त नभएको बताएका छन ।
सोमबार काठमाडौंमा उनको पार्टिले गरेको पत्रकार सम्मेलनमा संयोजक डा. भट्टराईले सरकारी निर्णय अपरिपक्व भएको टिप्पणी गरे। विप्लव समूहलाई वैचारिक राजनीतिक ढंगले जनताबाट एक्ल्याउनुपर्नेमा प्रतिबन्ध लगाएर सरकारले गल्ती गरेको उनले बताए ।
राज्य आफैले लुटतन्त्रलाई संस्थागत गरिरहेको अवस्थामा प्रधान्मन्त्रीले बिप्लबको पार्टीलाई लुटेरा भन्ने नैतिकता नभएको उनले जिकिर गरे ।
भ्रस्टाचार नियन्त्रण ,जनताको सुरक्षा लगायत सामाजिक मुद्दामा असफल भएको सरकार राजनितिक रुपमा पनि असफल हुने उनको दाबी थियो ।