मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वडीआईजी पार्वती थापा संघीय समाजवादी फोरममा प्रवेश



काठमाडौं चैत, ५–
पूर्वडीआईजी पार्वती थापा संघीय समाजवादी फोरममा प्रवेश गरेकी गरेकी छिन् । संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले थापा आफ्नो पार्टीमा प्रवेश गरेको पुष्टि समेत गरेकी हुन् ।

प्रहरी सेवाबाट बिदा लिएपछि थापा गुमनामजस्तै भएकी थपा सामाजिक गतिविधि तथा दलहरुमा कतै पनि संलग्न देखिएकी थिईनन् । यद्यपि, रिटायर्ड जीवनको केही वर्षपछि उनले फोरम प्रवेश गरेर सक्रिय राजनीति थालनि गर्न लागेको सन्देश दिएकी छिन् । पार्टी प्रवेश गरेकी थापालाई कुन जिम्मेवारी दिइएको छ भन्नेबारे भने फोरमले केही बताएको छैन ।
नायब प्रहरी महानिरीक्षकबाट अवकाश पाएकी थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता पु¥याउने पहिलो महिला हुन् । तर, उनीभन्दा ११ महिनाले जुनियर उपेन्द्रकान्त अर्याल उनलाई पछि पार्दै महानिरीक्षक बन्न सफल भएका थिए । थापा अर्यालका कारण इतिहास रच्ने अवसरबाट बञ्चित बन्न पुगेकी थिइन् ।
उनी दलहरूले अन्याय गरेको भन्दै न्यायालयको ढोका ढक्ढकाउन समेत पुगेकी थिइन् । राजनीतिकै कारण इतिहास रच्न असफल थापा राजनीतिक दलकै छहारी लिने निर्णयमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि पनि प्रहरी सेवामा रहेर रिटायर्ड जीवनपछि दल प्रवेश गर्ने शिलशिला चलेकै थियो । पूर्वप्रहरी महानिरीक्षकलगायतका पद सम्हालेकादेखि महत्त्वपूर्ण जिम्मेवारी लिएका व्यक्तिहरू विभिन्न दल प्रवेश गरेका धेरै उदाहरण पनि छन् ।

यसअघि मात्रै डीआईजी नवराज सिलवाल नेकपा प्रवेश गरेका थिए । उनी तत्कालीन एमालेबाट ललितपुर–१ मा उम्मेदवारी दिएर सांसदमा निर्वाचित पनि भएका छन् ।
विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरु राजनीतिमा प्रवेश गर्ने क्रम चलिरहेका बेला थापा पनि औपचारिक रुपमै संघीय समाजवादी फोरम प्रवेश गरेकी हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ५ : २६ बजे