त्रिविमा ताला लाउन पुगे सत्तारुढ दलकै विद्यार्थी



काठमाडौं चैत, ५–
गण्डकी मेडिकल कलेज र किस्ट कलेजमा भइरहेको मनपरि शुल्कविरुद्ध सत्तारुढ दल निकटकै विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।
सत्तारुढ नेकपाका दुई विद्यार्थी संगठन अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र महाराजगञ्ज स्वतन्त्र विद्यार्थी युनियनले संयुक्त रुपमा त्रिविमा तालाबन्दी गरेका हुन् ।

तालावन्दी पछि विद्यार्थीहरुले मेडिकल कजेजमा भइरहेको मनपरिलाई टुलुटुलु हेरेर बसेको भन्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, डिन कार्यालयका साथसाथै परीक्षा नियन्त्रण कार्यालय तालाबन्दी गरिएको बताएका छन् ।
संगठनहरुले विद्यार्थीको फारम भर्ने र परीक्षाको वातावरण अविलम्ब बनाउन माग गरेका छन् ।

गण्डकी मेडिकल कजेजका सञ्चालकले परीक्षाको वहाना देखाएर तिमीहरुको भविष्य अन्योल बनाइदिन्छौं मुद्दा फिर्ता लेउ भन्दै विद्यार्थीलाई मनोवैज्ञानिक त्रास देखाएको विद्यार्थी संगठनहरुको आरोप छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ८ : १४ बजे