मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेस महामन्त्री कोइरालाको निबासमा होलिको रौनक



काठमाडौं चैत, ६–
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले बुधबार टोखास्थित आफ्नै निवासमा होली विशेष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । महामन्त्री कोइरालाको निमन्त्रणामा ठुलो सङ्ख्यामा काँग्रेसका नेता कार्यकर्ताहरु टोखास्थित कोइरालाको निवासमा पुगेका हुन् ।

होलीको शुभकामना साटसाट गर्न पुगेका पार्टिका शिर्ष नेताहरु,केन्द्रिय सदस्यहरु,बिभिन्न जिल्लाका जिल्ला सभापतिहरु, सांसदहरु, विभिन्न् भातृसंस्थाका नेताकार्यकर्ताहरु सबैले एकअर्कालाई रङ र अबिर लगाउदै शुभकामना आदानप्रदान समेत गरेका थिए ।

उक्त अबसरमा महामन्त्री कोइरालाले उपस्थित सबैलाई अबिर लगाइदिदै होलिको शुभकामना दिएका थिए ।

कार्यक्राममा उपस्थित पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले गुट उपगुटबाट माथि उठेर सिङ्गो पार्टी र पार्टिको एकताको पक्षमा लाग्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

फरक प्रसङ्गमा पत्रकारहरुसँँग कुरा गर्दै कोइरालाले धर्म निरपेक्षताका बिषयमा जनमतसङ्ग्रहमा जान नेपाली काँग्रेस तयार रहेको समेत प्रष्ट पारे ।

महामन्त्री कोइराला र पूर्व महामन्त्री एवम् नेता प्रकाशमान सिंह लगाएत उपस्थित नेताहरुलाई पार्टीभित्र मेल्मिलापको वातावरण बनाउन उपस्थित भएका सबैले आग्रह गरेका थिए ।

यसअघिका बर्षहरुमा पनि महामन्त्री कोइरालाले होलीको शुभकामना अदान प्रदान कार्यक्रम आयोजना गर्ने गरेका थिए । त्यसैलाई निरन्तरता दिँदै यसपटक पनि कोइराला निवासमा होली मनाइएको हो ।
दशै तिहार लगाएतका महत्वपूर्ण चाड बाड समेत पार्टिका नेता कार्यकर्ताहरुसँगै मनाउने प्रचलन कोइराला परिवारमा पहिलेदेखि नै रहदैँ आएको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १० : ४० बजे