प्रहरी महानिरीक्षक खनाल थाइल्याण्ड प्रस्थान



काठमाडौं-

प्रहरी महानिरीक्षक  सर्वेन्द्र खनाल थाइल्याण्ड हिडेका छन ।   विमस्टेक सदस्य राष्ट्रका सुरक्षा प्रमुखहरुको तेस्रो बैठकमा सहभागी हुन खनाल बुधबार बैंकक प्रस्थान गरेकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ।

प्रहरी महानिरीक्षक खनालसँगै सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि शाखा अधिकृत सोमेश थापासमेत प्रस्थान गरेका छन्।

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक लगायत बरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरमा शुभकामना सहित विदाइ गरे।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १२ : २५ बजे