चितवन –
कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा भएको यती ठुलो राजनितिक परिवर्तन गिरिजाबाबुका कारणलेनै सम्भब भएको बताएका छन ।
जीपी कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट’ चितवनले आयोजना गरेको ‘लोकतन्त्र, शान्ति तथा विकास र गिरिजाबाबु’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले बिगतमा भएको राजनितिक द्वन्दको समाधान र गणतन्त्रसम्मको राजनितिक यात्राको नेतृत्वकर्ता गिराजाबाबु नै हो भन्ने नेपालका कम्युनिष्टहरुले पनि स्विकारी सकेका छन भन्दै महामन्त्री कोइरालाले यो नेपाली कांग्रेसका लागी गौरबको बिषय भएको बताए ।
गिरिजा बाबुको नेतृत्वमा भएका राजनितिक परिवर्तनहरुलाई संस्थागत गर्न सके मात्रै वहाँ प्रतिको दायित्व पुरा हुनेमा महामन्त्री कोइरालाले जोड दिए ।
देशमा भई रहेका पछिल्ला राजनितिक घटनाक्रम प्रती इङ्गित गर्दै कोइरालाले सरकारकै कारण फेरी मुलुकमा द्वन्द उत्पन्न हुने खतारा औल्याउदै उनले बिगतको शान्ती प्रकृयाको शुरुवात र त्यसलाई टुङ्गोमा पुर्याउने काम गिराजाबाबुकै नेतृत्वमा सम्भब भएको र बिगतको द्वन्दको स्मरण गर्दै जिम्मेवार बन्न सरकारलाई आग्रह समेत गरे ।
कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरेले गिरिजाप्रसाद कोइरालाको चर्चा गर्दै पार्टीभित्र मेलमिलाप गर्नु जरुरी र पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए । नेता घिमिरेले अब पार्टी भित्र शुद्दिकरणको जरुरी भैसकेको बताए ।
कार्यक्रमलाई पार्टिका जिल्ला शभापती जितनारायण श्रेस्ठ लगायत जिल्ला नेता हरुले सोम्बोधन गरेका थिय ।