मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४४ जनाको ज्यान जानेगरी चीनको केमिकल कम्पनीमा भयानक विष्फोट



काठमाडौं चैत, ८–
पूर्वी चीनस्थित एक केमिकल कम्पनीमा भएको बिस्फोटमा ४४ को ज्यान गएको छ भने ६ सय ४० घाइते भएको चीनियाँ मिडियाले बताएका छन् ।

यो बिस्फोट येनचंग शहरमा तियानजियाई केमिकलको एक संयन्त्रमा नेपाली समयानुसार बिहिबार बिहान ११ बजेर पाँच मिनेटमा भएको थियो ।

बिस्फोटपछि कारखानामा आगो फैलिएको थियो । यो कारखानामा मल ९ फर्टिलाइजर ० बनाउने काम हुन्छ ।

चीनको भूकम्प प्रशासनले बिस्फोटका बेला २।२ तीब्रताको भूकम्प आएको जनाएको छ ।

चीनियाँ सरकारी टिभीका अनुसार कारखानामा लागेको आगो शुक्रबार नियन्त्रणमा आएको छ ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार करिब ६ सय ४० घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये ३२ को स्थिती गम्भीर छ ।

सोसल मिडियामा देखिएका तस्बिर अनुसार कारखानामा आगो लाग्नेबित्तिकै आकाश घुँवाले भरिएको थियो । थुप्रै मानिसहरु घाइते छन् र भवनलाई पनि क्षती पुगेको छ ।

स्थानीय मिडिया अनुसार बिस्फोट यति शक्तिशाली थियो कि कारखाना नजिकका भवन पनि यसको चपेटमा आएको थियो । एजेन्सी

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ५ : ३१ बजे