आजबाट रिलिज नेपाली चलचित्र ‘कागजपत्र’ परिवार सग बसेर हेर्नै मुश्किल



काठ्माण्डौ-

अपिल बिष्टले निर्देशन गरेको दोश्रो सिनेमा कागजपत्र आजबाट रिलिज भएको छ । चलचित्रको कथा बस्तु गहन सामाजिक खालको भय पनि गहन बिषयबस्तुलाई हल्का पारा र झण्डै अस्लिल कुराकानिले ओझेलमा पारी दिएको छ । श्रीमानलाई अष्ट्रेलिया पठाउनका लागि जेसुकै गर्न पनि तयार हुने नारिको कथामा चलचित्र बनेको छ ।

सिनेमाको कथा गम्भिर हो । यो कथा अहिले नेपाली समाजमा खुबै देखिन्छ पनि । तर, यसलाई यो सिनेमाले फिस्स तरिकाले प्रस्तुत गरेको छ ।

विशेषगरि, सिनेमाको गम्भिर कथालाई दुई अर्थ लाग्ने अझ भनौ छाडा संवादले मारिदिएको छ । निर्देृशकले यो कथामा अझै अध्ययन गरेर गम्भिरता खोजेको भए दर्शकले पनि ताली बजाउने थिए । तर, दुई अर्थ लाग्ने संवादमा दर्शकलाई हसाएर सिनेमा चल्छ भन्ने भ्रममा निर्देशक छन् । यो उनको कमजोरी हो ।

चलचित्र ‘कागजपत्र’ परिवार सग बसेर हेर्नै मुश्किल पर्न सक्ने नेपाली सिनेमा क्षेत्रका पत्रकारहरुले बताएका छन ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ३ : १५ बजे