एजेन्सी ।
हिन्दू धर्म र सभ्यता निकै नै पुरानो मानिन्छ । यस धर्मसग जोडिएका धर्मग्रन्थहरुलाई ज्ञानको श्रोत समेत मान्ने गरिएको छ ।आजभोलि पश्चिमा देशकाहरुले पनि यसलाई स्विकार गरी सकेका छन भने यस धर्मले औल्याएका योग् र ध्यान तर्फ सबैको ध्यान तानिन थालेको देख्न सकिन्छ ।
प्राचिन कालमा राजा माहाराजाहरुले हिन्दू देब देबताका बिशाल मन्दिरहरु बनाउने गरेका थिय जुन अहिले सम्म पनि इतिहासको साक्षी बनेर रहेका छन । सम्राट सुर्यवर्मन द्वितीयले आफ्नो शासनकालको इश्बी सम्बत १११२–५३ मा निर्माण गरेको भगवान शिव तथा विष्णुको बिशाल मन्दिर आज सम्म पनि इतिहासको बैभब बनेर रहेको छ
यो मन्दिर कम्बोडियामा रहेको छ ।मिकांग नदि किनारको ठुलो क्षेत्रफलमा मन्दिर रहेको छ । यसमा विश्वभरीकै हिन्दु धर्मालम्बीहरु पुग्ने गर्दछन् । हिन्दूहरुले यहाँ दर्शन गरेपछी मनोकांक्षा पुरा हुने बिश्वाश गर्ने गरेका छन ।
यो कम्बोडियाको मिकांग नदिको किनारमा रहेको सिमरिप शहरमा छ । सयौ वर्ग माइलमा फैलिएको यस मन्दिर क्षेत्रमा भगवान शिव तथा विष्णु को बिशाल मन्दिरहरु रहेका छन् ।
मन्दिर खमेर वास्तुकला को उच्च परम्परागत शैलीको शिखरमा रहेको छ। विश्वकै सबैभन्दा लोकप्रिय पर्यटन स्थाल मध्य एक यस मन्दिरलाइ युनेस्कोले बिश्व सम्पदा सुचिमा राखेको छ । कम्बोडियाको राष्ट्रध्वजमा समेत यस मन्दिरको प्रतिकलाई राखिएको छ । अंकोरवाट मन्दिर मेरु पर्वतको प्रतिक समेत मान्ने गरिन्छ । वार्षिक लाखौको संख्यामा पर्यटकले यस मन्दिरको भ्रमण गर्ने गर्दछन ।
मन्दिर क्षेत्रलाई कम्बोडियाको प्रमुख ऐतिहासिक क्षेत्र र पर्यटकियस्थल समेत मान्ने गरिएको छ । यस मन्दिर लाई सबै भन्दा ठुलो हिन्दू मन्दिर मान्ने गरिएको छ ।मन्दिरका बारेमा बिभिन्न अन्तरराष्ट्रीय सञ्चारमाध्यमहरुमा समेत समाचारहरु प्रकासन हुने गरेका छन । तेस्तै कम्बोडिया घुम्न आउने पर्यटक र बिभिन्न देशका राष्ट्र प्रमुखहरुले पनि मन्दिरको अबलोकन गर्ने गरेका छन ।