विप्लवले बम नबिसाए वार्ता कल्पनै गर्न सकिन्नः संचारमन्त्री बास्कोटा



काठमाडौं चैत, १०–
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विप्लव नेतृत्वको नेकपाले हतिया नबिसाउदासम्म वार्ता नगर्ने बताएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले आइतबार नेपाल प्रेस इन्स्टिच्यूटले आयोजना गरेको कार्यक्रममा बोल्दै बमसँगै राखेर विप्लव नेकपासँग वार्ताको कल्पर्न गर्ननसकिने बताएका हुन् ।
उनले भने, ‘बम, बारुद बोकेर आतंक फैलाइरहेको चन्द नेतृत्वको नेकपाको पक्षमा समाचार सम्प्रेषण गरिएको मर्यादित पत्रकारिता भएन ।’ संचार माध्यामहरुप्रति आक्रोशित देखिएका मन्त्री
मन्त्री बास्कोटाले राष्ट्रिय हितमा केन्द्रित भएर मर्यादित पत्रकारिता गर्न सबै सञ्चारमाध्यामसँग आग्रह समेत गरे । उनले संचार माध्यामहरुले स्वतन्त्रताको उपयोग गर्ने नाममा अराजकता फैलाउने गतिबिधि गर्ननहुनेमा पनि जोड दिए ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ९ : २० बजे