काठमाडौं चैत, ११–
(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर)सहित २ जना पक्राउ परेका छन् । उनीहरु मोरङबाट पक्राउ परेका हुन् । श्रेष्ठसँगै आकाश शर्मा पनि पक्राउ परेका हुन् ।
श्रेष्ठ र शर्मा पक्राउ परेको प्रहरीले पुष्टि नगरेको र विस्तृत विवरण आउन बाँकी रहेको छ ।
यसअघि प्रहरीले नेकपाको मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ जनालाई पक्राउ गरेको थियो ।
मिर्मिरे एफएमको प्रशासनिक जिम्मेवारी समेत सम्हालीसकेका घनश्याम श्रेष्ठ माओवादी जनयुद्धका बेला ब्यूरो सदस्य थिए ।