होली वाइन पिएकोलाई प्रमुख अतिथि बनाएको भन्दै माधव नेपालविरुद्ध नाराबाजी



चितवन चैत, ११–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालविरुद्ध नारबाजी भएको छ । नेता नेपालविरुद्ध चितवनमा उनी आफै प्रमुख अतिथि भएर गएको कार्यक्रममा होली वाइन पिएको भन्दै नारबाजी भएको हो ।
नेता नेपाल कृष्णदास महाराजलाई अभिनन्दन गर्ने कार्यक्रमको प्रमुख अतिथि बनेर गएका नेपालविरुद्ध सोही कार्यक्रममा नारबाजी भएको हो ।

कार्यक्रमको दर्शकदीर्घका बसेका एक व्यक्तिले होली वाइन पिएका माधव नेपाललाई प्रमुख अतिथि बनाएकोमा आपत्ति जनाएका हुन् । उनले आपत्ती मात्रै जनाएनन्, उनका विरुद्ध नारावाजी नै समेत गरेका थिए । स्टेजमा बसिरहेका माधव नेपालले उक्त नारावाजी सजिलै सुने । होली वाइन खानेहरु भन्दै नारावाजी गरेपछि माधव नेपालको सुरक्षामा खटिएका प्रहरीहरुले उनलाई पक्रन खोजे । तर, वरीपरी बसेका अन्य दर्शकहरुले ‘उसलाई नपक्रनुस्, हामीलाई पक्रनुस्’ भन्दै प्रहरीसँग प्रतिवाद गर्न पुगेका थिए । लगत्तै नेता नेपालले
नेपालले सोही कार्यक्रममा होली वाइनबारे प्रष्टिकरण दिनुपरेको थियो । उनले आफै सहभागी कार्यक्रममा सहभागीहरुले होली वाइनबारे प्रश्न उठाएपछि आफ्नो मुखमा एक थोपा पनि रक्सी नपरेको प्रष्टिकरण दिएका थिए । उनले भने, ‘व्राम्हण परिवारमा जन्मिएको हुँ, त्यो अझैसम्म परिवारमा नचल्दैन, मैले कुनै रक्सी खाएको छैन ।’
नेता नेपालले भने, ‘कागले कान लग्यो भन्दैमा त्यसको पछिपछि लाग्दा भ्रम सिर्जना भएको भन्दै आश्चर्य प्रकट गरेका थिए ।

प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार  २ : ०३ बजे