काठमाडौं चैत, १२–
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् । केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि नेता सिटौला ह्याम्स अस्पताल भर्ना भएका थिए ।
उनका सहयोगी एवं नेविसंघ पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाले स्वास्थ्यमा सुधार भएपछि सिटौला डिस्चार्ज भएको जानकारी गराए । सिटौलाले अस्पतालबाट बिदा हुँदै उपचारमा संलग्न चिकित्सक, शुभेच्छुक र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।
१२ चैत्र २०७५, मंगलबार
0
Shares